बुधबार, बैशाख १०,२०८२ 07:41:59
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 07:41:59
IME remit
Global IME Bank Limited

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: यस्तो छ ५ बुँदे नीतिगत व्यवस्था र त्यसले पार्ने प्रभाव

Hyundai Nepal
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: यस्तो छ ५ बुँदे नीतिगत व्यवस्था र त्यसले पार्ने प्रभाव
Nabil Bank Limited

काठमाण्डौ । बजार तथा लगानीकर्ताले अपेक्षा गरेभन्दा केही फरक मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्रबैंकले ढिलो गरी सार्वजनिक गरेको छ ।  

केन्द्रीय बैंकले सोमबार राति मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । जसअन्तर्गत केन्द्रीय बैंकले ५ बुँदे नीतिगत व्यवस्था गरेको छ । जसमा अधिकांश नीतिगत व्यवस्था पहिलो त्रैमासिक समीक्षाको भन्दा खासै फरक छैन । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

केन्द्रीय बैंकले आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।  

यस्तै, अनिवार्य नगद अनुपात र बैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई पनि केन्द्रीय बैंकले यथावत राखेको छ ।  

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने घोषणा भएको छ ।  

यसैगरी, संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने घोषणा भएको छ । यसअघि २ प्रतिशत विन्दूले न्यून राखी तय गर्न पाउने व्यवस्था थियो ।  

यो व्यवस्थाका कारण व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले दिंदै आएको ब्याजदर घट्नसक्ने देखिन्छ । किनभने संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरबीचको अन्तर २ प्रतिशत विन्दूबाट १ प्रतिशत विन्दूमा झार्दा बैंकहरुले कि त संस्थागतको ब्याजदर बढाउनुपर्ने वा व्यक्तिगतको घटाउनुपर्ने विकल्पमा काम गर्नेछन् । अहिलेको अवस्थामा अधिकांश बैंकहरुको निक्षेप संकलन गर्ने खर्च घटाउन चाहन्छन् । भरसक निक्षेप संकलन भन्दा पनि रिकभरिमा उनीहरुको ध्यान छ । यसका कारण बैंकहरुले निक्षेपको खर्च घटाउनैका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउनेछन् । यसले मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खान खोज्ने व्यक्तिगत लगानीकर्ता निरुत्साहित हुनेछन् र त्यस्तो लगानी सेयर बजार वा रिटर्न राम्रो आउने अन्य विकल्पहरुमा जानसक्छ ।  

समीक्षामा कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने घोषणा समेत भएको छ । यसअघि यस्तो सीमा १ करोड रुपैयाँ थियो । यस्ता कर्जाको जोखिम भार ७५ प्रतिशत मात्रै हुने भएकाले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा कर्जा विस्तार गर्ने केन्द्रीय बैंकको लक्ष्य देखिएको छ । उसले यसपटक उत्पादनमूलक र आत्मनिर्भर बन्न सहयोग गर्ने क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको देखिएको छ ।  

ब्याजदर घट्ने नदिने रणनीति

यसैबीच, प्रत्येक महिनाजसो बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेपछि केन्द्रीय बैंकले थप दर घट्न नदिन अर्धवार्षिक समीक्षामार्फत हस्तक्षेपकारी नीति लिएको छ ।  

उसले समीक्षामा भनेको छ ः ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ । यस्तो सुविधा अन्तर्गत बैंकहरुले केन्द्रीय बैंकमा ३ प्रतिशत न्यूनतम ब्याजदरमा जुनसुकै बेला निक्षेप राख्न पाउनेछन् । यसको अर्थ भनेको अन्तरबैंक ब्याजदरलाई न्यूनतम ३ प्रतिशतमा राख्न खोजिएको रुपमा बुझ्नुपर्ने केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् ।  

यो व्यवस्थामार्फत राष्टबैंकले तीव्र रुपमा घट्दै गएको बैंकको ब्याजदर(निक्षेप र कर्जाको ब्याजदर)मा नियन्त्रणको नीति लिएको छ । अब निक्षेपको ब्याजदर संस्थागत र व्यक्तिगतबीचको ब्याजदर अन्तरको नयाँ व्यवस्था कार्यान्वयन बाहेकको अवस्थामा थप घट्ने छैन ।  

यस्तै, यो व्यवस्थाका कारण हाल जुन विन्दूमा कर्जाको औसत ब्याजदर छ, त्यो पनि नघट्ने देखिन्छ । अर्थतन्त्रमा थप क्षति नहुने गरी ब्याजदरलाई केन्द्रीय बैंकले एउटा बाञ्छित सीमाभित्र राख्न खोजेको समेत देखिएको छ ।  

केन्द्रीय बैंकले कर्जाको ब्याजदर थप घट्न नदिएर सुस्त बनेको कर्जा प्रवाहमा खासै ध्यान नदिएको समेत देखिन्छ । अधिकांश बैंक खराब कर्जाको लफडामा परेर रिकभरि केन्द्रीत रणनीतिमा रहेका कारण समेत उनीहरुलाई सपोर्ट गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहजीकरण गर्न खोजेको समेत यो व्यवस्था भएबाट देखिन्छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.