बिहीबार, श्रावण २१,२०८३ 07:04:47
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:04:47
Bizshala
Global IME Bank Limited

टाटा ग्रुपका अध्यक्ष रतन टाटाले दिएका यस्ता छन् सफलताका ९ मन्त्र

टाटा ग्रुपका अध्यक्ष रतन टाटाले दिएका यस्ता छन् सफलताका ९ मन्त्र
New Office

काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।  

टाटा अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा चर्चित व्यापार नेताहरू मध्ये एक थिए। टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । जसको वार्षिक राजस्व १०० अर्ब डलर भन्दा बढी छ।

रतन टाटाले मृत्युअघि सफलताका मन्त्र बताएका थिए । यस्ता छन् टाटाका सफलताका मन्त्र  

१. जीवनमा उतारचढाव जरुरी हुन्छ । किनकि मुटुको इसीजी गर्दा पनि सिधा लाइनको रिपोर्ट आउनु भनेको हामी जिवित रहेनौ भन्ने हो ।

२.तेज गतिमा अगाडि बढ्न चाहनुहुन्छ भने एक्लै अगाडि बढ्नुस् । तर धेरै परसम्म हिँड्न चाहनुहुन्छ भने चाहि साथ साथ चल्नुहोस् ।

३०व्यक्तिलाई अरु कसैले होइन, उसको सोंचले नै बर्बाद बनाइदिनसक्छ ।

४.सबैसँग समान क्षमता हुँदैन । तर त्यस्तो क्षमताको विकास गर्ने सबैसँग समान अवसर अवश्य हुन्छ ।

५. कुनै पनि कामलाई समयसीमाभित्रै सम्पन्न गर्नु पर्छ । र, जुन काम गर्दा मज्जा आउँछ, त्यही मात्र गर्नुपर्छ ।  

६. तपाईंलाई मानिसले प्रहार गरेका ढुंगाहरु भेला पार्नुहोस् । र, तिनैको मद्धतले तपाई एउटा ठूलो महल खडा गरिदिनुहोस् ।

७. जब म उडान भर्न असक्षम हुनेछु, त्यो दिन मेरो जिन्दगीको निकै दुःखद दिने हुनेछ ।  

८. मानिसले तपाईंको स्वाभिमानप्रति कुनै मतलब राख्दैनन्, त्यसकारण पहिला आफैंलाई प्रमाणित गरेर देखाउनुहोस् ।

९. तपाईंको गल्ती मात्र तपाईंको हो । तपाईंको पराजय पनि मात्र तपाईकै हो । कसैलाई दोष नलगाउनुहोस् । सबैसँग सिक्नुहोस् र अगाडि बढ्नुहोस् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.