बिहीबार, चैत्र २१,२०८१ 03:28:23
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:28:23
IME remit
Global IME Bank Limited

अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'

Hyundai Nepal
अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'
Nabil Bank Limited

काठमाण्डौ । अर्थशास्त्री सूर्यनारायण पौडेलले दसैं यसपटक गृहजिल्ला चितवनमै मनाइरहेका छन् ।  

पढ्न र पढाउन सौखिन पौडेलले यसपालिको दसैंविदा पनि पढेर र पढाएरै बिताइरहेका छन् । उनले राष्ट्रबैंकको तयारीकक्षा पनि गराउँदै आएका छन् ।  

पौडेल दसैमा खासगरि तीनवटा विषय महत्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन्–‘दसैं भन्नेबित्तिकै नयाँ कपडा लगाउने, मीठो खाने तथा भेटघाट नै मुख्य काम हो । हिन्दूहरुको चैते दसैं र बडा दसैं गरेर २ वटा दसैं हुन्छ । यो समयमा १० दिनसम्म दसैं मनाउने भएका कारण बडादसैं भनिएको हो ।’ 

Shivam Cement
Bizshala
CG Motors

ठूलो परिवारमा हुर्किएका पौडेल दसैं भनेको पिङ खेल्ने पर्वको रुपमा समेत स्थापित रहेको बताउँछन् । दशैंअघि हामीसँग कुरा गर्ने क्रममा उनले यसपटक पनि दसैंमा पैसा उठाएर भए पनि पिङ हाल्ने तयारीमा रहेको सुनाएका थिए । तर अहिले जाँडरक्सीको कुलतमा फसेका केही युवाका कारण गाउँघरमै पनि पिङ हाल्न सहज अवस्था नभएको उनले सुनाए ।  

पौडेलले घिरौला तथा कुभिण्डो काटेर दसैं मनाइरहेका छन् ।  

देशमा पहिले सबैको आर्थिक अबस्था कमजोर रहेको थियो । त्यसैले मासु खान दसैं नै कुर्नुपथ्र्यो । तर अहिले भने त्यस्तो अबस्था नरहेको पनि उनी तर्क गर्छन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले चोक चोकमा मासु पसल रहेको कारण पनि मासु खान दसैं नै आउनु नपर्ने उनको ठम्याईं छ ।  

दसैं खासगरी बच्चाका लागि रमाइलो र अभिभावकका लागि भने बोझिलो रहेको उनको बुझाइ छ । दसैं भनेको मामाघर र ससूराली गएर रमाइलो गर्ने पर्व पनि हो ।  

चितवनमा रहेका पौडेल ससूराली पोखरा रहेको कारण यसपालि बाटो र मौसमले गर्दा सोचनीय अवस्थामा छन् ।  

पूँजीबजारको विषयमा कुरा गर्दै पौडेलले लगानीकर्ताहरुमा अझै पनि सेयरशिक्षाको नै कमी रहेको बताए । यसमा नियामक निकायको कमजोरी रहेको बताउँछन् । बिदेशको राजनीति केही तरल भएका कारण पनि लगानीकर्ता हच्किएका हुनसक्ने पौडेलको बुझाइ छ । तर स्वदेशमा भने लगानीको बाताबरण रहेको उनको तर्क छ । पौडेलले सेयर बजारमा प्रथामिक बजार सबैलाई भएता पनि दोस्रो बजार सबैका लागि नभएको समेत प्रष्ट्याए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.