बुधबार, चैत्र २०,२०८१ 12:36:52
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:52
IME remit
Global IME Bank Limited

दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । दशैंअघिको साता सेयर बजारमा ४ दिन कारोबार  भयो  । चार दिनको कारोबारमा बजार १  दिनमात्रै घट्यो भने ३ दिन बढ्यो । अघिल्लो साता २५ सय ९७ को विन्दुमा बन्द भएको बजार यो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ७०.६८ अंकले बढेर बन्द भयो । अघिल्लो साता बजार ११०.७३ अंकले बढेर बन्द भएको थियो ।

यो साताको ४ दिनमा २१ अर्ब १६ करोडको कारोबार भयो  । अघिल्लो साता बजारमा २२ अर्ब १६ करोडको कारोबार भएको थियो । यो साता दैनिक औषत कारोबार ५ अर्ब २९ करोडको भएको छ । यस्तो कारोबार अघिल्लो साता ५ अर्ब ५४ करोडको भएको थियो ।  यस हिसाबले यो साता बजार बढ्दा कारोबार सामान्य घटेको छ  । यो साता बजार पूँजीकरण ४२ खर्ब ४२ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ४१ खर्ब ३० अर्ब कायम थियो । यस हिसाबले यो साता नेप्से बढ्दा १ खर्ब १२ अर्वले बजार पूँजीकरण बढेको छ । यो सातापनि नेप्से बढ्दा बजार पूँजीकरण र औषत कारोबार दुबै बढ्यो ।

 

 

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

नेपालको सेयर बजारलाई पछिल्लोपटकको न्यून विन्दुदेखि नियाल्ने हो भने १९६० विन्दुदेखि नयाँ बुल सूरु भएको देखिन्छ । यो विन्दुदेखि ३ हजारसम्म वेभ १ हुन सक्छ । त्यसपछि हालको करेक्सन वेभ २ नै हुने बढी सम्भावना देखिन्छ । किनकी हालको करेक्सन करिब ६१ प्रतिशतसम्म अर्थात २५ सयबाट पनि तल खसेको कारण यो दोस्रो वेभ नै रहेको लगभग निश्चित देखिएको छ ।  

अब थर्ड वेभ लगभग ४२ सयसम्म पुगेर मात्रै दशैं तथा तिहारपछि सुरु हुने बुल सकिन सक्छ । चौंथो वेभमा करेक्सन भए पछि हालको बुलको यात्रा फिवोनासीको २.६१ प्रतिशतसम्म अर्थात ५२ सयदेखि ५४ सयसम्म हुन सक्छ । जसलाई हालको वेभ १ ले बनाएको चक्रले थप पुष्टि गर्छ । बजारको यो यात्राको लागि हाल चलेको बजार २८ सय २८ विन्दुभन्दा माथि लागे थप निश्चित हुनेछ । जसलाई कारोबार तथा भोल्युमले पनि थप पुष्टि गर्नु पर्नेछ । हाल ३० अर्बको भोल्युम आएको बजारमा यो भन्दामाथि नै भोल्युमले पनि साथ दिन आवश्य रहने छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा ६ साता लगातार घटेको बजारले दशैं अघिका लगातार २ सातामा मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । साप्ताहिक रुपमा नै म्याक्डीमा भने वियारिस क्रसओभर बनेको छ । आरएसआई न्यूट्रल जोन ५० बाट फर्केको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३१८३

प्रतिरोध २ – ३०२१

प्रतिरोध १–  २७६५

पिभट् प्वइन्टः २६०३

घटेमा सपोर्ट  

सपोर्ट १– २३४७

सपोर्ट २– २१८६

सपोर्ट  ३ –१९२९

निष्कर्षः साप्ताहिक रुपमा बजारलाई नियाल्दा ६ साता घटेको बजारमा त्यसपछि लगातार २ साता बढेको छ । अर्थात दशैं अघि बजार बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएर २६६० विन्दुभन्दा माथि बन्द भएको छ । इलिअट वेभबाट नियाल्दा बजारले दशैं अघि दोस्रो वेभ सकेर अब तेस्रो वेभमा चल्दै गरेको देखिन्छ ।  

यदि आगामी कारोबारमा बजार २८६० विन्दुभन्दा माथि टिकेको खण्डमा बजारले पुनः बुलिस ट्रेन्ड लिएको मान्न सकिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा गत साताहरुमा बजारले ट्वीजर बटम बनाएर फर्केको छ । बजारले यदि आगामी दिनमा १० अर्ब माथि कारोबारसहित बजारले अप ट्रेन्ड लिन्छ भने एक डेढ वर्षमा पाँचौं वेभ सकिँदा ५२ सयदेखि ५४ सयसम्मको यात्रा तय गर्न सक्छ । तर यो बीचमा बजारमा अहिले जस्तै सानाठूला करेक्सन आउने छन् । बजारको सबै विषयलाई नियाल्दा नेप्सेमा बिग बुल बाँकी नै रहेको मान्न सकिन्छ । तर यसको लागि भने अहिलेकै राजनीतिक, आर्थिक तथा विश्व परिवेश यथावत रहनु पर्ने छ । यी विषयमा फेरबदल भएको खण्डमा यो विश्लेषण अमान्य पनि हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.