शुक्रबार, बैशाख ४,२०८३ 12:33:41
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:33:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दशैंविदालगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Bizshala
दशैंविदालगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि
Shivam Cement

काठमाण्डौ । दशैंविदा सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  

पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्यसूची आएको उल्लेख गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निगमका अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँले बढेको छ ।  

काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५८ रुपैयाँ र अन्य क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, डिजेलको मूल्य काठमाण्डौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५१ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५० रुपैयाँ र अन्य क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएसँगै चर्किएको युद्धका कारण कच्चा तेलको मूल्यमा पछिल्लो समय उछाल आएको छ । यसैको असरले नेपालले भारतबाट आयात गर्ने तयारी इन्धनको मूल्य समेत वृद्धि भएको हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.