बुधबार, चैत्र २०,२०८१ 12:48:36
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:48:36
IME remit
Global IME Bank Limited

५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार  भयो  । ३ दिनको कारोबारमा बजार ३ दिननै  बढ्यो । यो साता दशैं पर्वको कारण बजार तीनदिन मात्रै खुलेको थियो ।  अघिल्लो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भएको बजार यो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजार ७६.८३ अंकले बढेर बन्द भएको छ । अघिल्लो साता दोस्रो बजारमा ७०.६८ अंकले बढेर बजार बन्द भएको थियो ।  

यो साताको ३ दिनको कारोबारमा १५ अर्ब ९१ करोडबराबरको कारोबार भयो  । अघिल्लो साता बजारमा २१ अर्ब ५८ करोडबराबरको कारोबार भएको थियो । यो साता  दैनिक औषत कारोबार  ५ अर्ब ३० करोड रुपैयाँबराबर भएको छ । यस्तो कारोबार अघिल्लो साता ५ अर्ब २९ करोड रुपैयाँबराबर भएको थियो ।  

यस हिसाबले यो साता बजार बढ्दा कारोबार सामान्य बढेको छ । यो साता बजार पूँजीकरण ४३ खर्ब ६५ अर्बबराबर भएको छ । अघिल्लो साता बजार पूँजीकरण ४२ खर्ब ४२ अर्बबराबर भएको थियो । यस हिसाबले यो साता नेप्से घट्दा बजार पूँजीकरण १ खर्ब २३ अर्बले बढेको छ । यो सातापनि नेप्से बढ्दा बजार पू्ँजीकरण र औषत कारोबार दुबै बढ्यो ।

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः

मूभिङ एभरेजको आधारमा

मुभिङ एभरेजमार्फत विभिन्न सेयरको मूल्य तथा सूचकको समूहलाई मुभ हुँदै एभरेज निकालिने भएकोले दोस्रो एभरेजका लागि सुरुको अंक छोडेर त्यसपछि ५ वटा अंक लिएर पुनःऔषत निकाल्ने गरिन्छ ।  यो प्रक्रिया निरन्तर रुपमा पुनःलिँदै जाने हो । विशेषगरी यो विधि ५ दिने तथा २० र ५० दिने तथा २०० दिनको तथ्याँकलाई आधार मानेर निकालिन्छ ।  

बजारमा छोटो समयको उतारचढाव हेर्न छोटै समयको तथ्यांक लिइन्छ भने लामो समयको उतारचढाव हेर्न लामो समयको तथ्यांक प्रयोग गरिन्छ । मुभिङ एभरेज, दोस्रो बजारमा टेवा र अवरोध पत्ता लगाउन पनि प्रयोग गरिन्छ ।  

बजारलाई ५० दिने मूभिङ एभरेजबाट नियाल्दा बजार यो साता यो रेखाबाट माथि लागेको छ । यसअघि पनि बजारले यो विन्दुबाट माथि लागेपछि अप ट्रेन्ड लिएको थियो । (हेर्नुहोस् माथि मुख्य तस्बिर )

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूपर ट्रेन्डको आधारमा

यो साताको कारोबारले सुपर ट्रेन्डमा बुलिस क्रसओभर बनाएको छ । सुपर ट्रेन्डमा यदि मूल्य रेखाले ट्रेन्ड लाईनलाई तलबाट काट्छ भने त्यसलाई बुलिस क्रसओभर र माथिबाट काटेको खण्डमा वियरिस क्रसओभर भनेर बुझिन्छ । बुलिस क्रसओभर बन्दा ट्रेन्ड लाईन हरियो र वियरिस क्रसओभर बन्दा ट्रेन्ड लाईन रातो बनेको हुन्छ । यो साता यस्तो ट्रेन्ड लाईन हरियो बनेको छ ।

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८४६

प्रतिरोध २ – २७७६

प्रतिरोध १–  २७२२

पिभट प्वइन्टः २६५२

घटेमा सपोर्ट  

सपोर्ट १– २५९८

सपोर्ट २– २५२८

सपोर्ट  ३ –२४७१

निष्कर्षः यो सातासम्म बजारमा लगातार तीन साता बढोत्तरी आयो । यो साता जम्मा तीन दिन सेयर कारोबर भयो भने तीन नै दिन बजारमा बढोत्तरी आयो । यो साता पनि बजार बढ्दा दैनिक औषत कारोबार ५ अर्ब ३० करोड रुपैयाँबराबर कारोबार भयो । दशैंपछि खुलेको बजारमा सकरात्मक माहोल नै रह्यो । प्राविधिक रुपमा पनि यो साता ५० दिने मूभिङ एभरेजबाट बजारले माथिको यात्रा तय गरेको छ । यस हिसाबले आगामी दिनमा पनि बजारले केही तलमाथि गर्दै अप ट्रेन्ड नै लिन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.