बिहीबार, असार ११,२०८३ 02:08:41
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:08:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Laxmi Sunrise Bank Limited
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  

 अदालतले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको छ। लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी माग गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समितिबाट लामिछाने दोषी देखिई कारबाहीको सिफारिसमा परेका थिए । पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.