बुधबार, भाद्र २५,२०८२ 07:25:47
  • बुधबार, भाद्र २५,२०८२ 07:25:48
Global IME Bank Limited

पक्राउ पूर्जी लिएर रवि लामिछानेलाई नियन्त्रणमा लिन प्रहरी टोली रास्वपा कार्यालयमा

Hyundai Nepal
पक्राउ पूर्जी लिएर रवि लामिछानेलाई नियन्त्रणमा लिन प्रहरी टोली रास्वपा कार्यालयमा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीको एउटा टोली पार्टी कार्यालयमा पुगेको छ ।  

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएलगत्तै लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली काठमाण्डौको चमतिस्थित पार्टी कार्यालमा पुगेको हो ।   

सीआईबीको टोली त्यहाँ पुग्नुअघि नै ठूलो संख्याका सुरक्षाकर्मीले रास्वपा पार्टी कार्यालयमा पहरा दिइरहेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई अदालतले शुक्रबार पक्राउ गरी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारीका लागि बाटो खोलिदिएको थियो । लामिछानेविरुद्ध संगठित अपराध र सहकारी ठगी कसुर प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाउनेछ ।  

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेमतोमा लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सहकारीको बचत ल्याएर अपलचन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । 

सोही प्रकरणमा संलग्नताको आरोपमा गोर्खा मिडियाका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए । उनीलगत्तै त्यसबेलै रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको भए पनि जोशीको बयान लिएर मात्र अगाडि बढ्ने प्रहरी रणनीतिपछि अहिलेको घटनाक्रम केही ढिलो विकसित भएको हो ।  

राई, जोशी र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिले समेत ठहर गरेको थियो । समितिले लामिछानेलाई पनि दोषी ठहर गर्दै आवश्यक कारबाहीका लागि सिफारिस गरेको थियो ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.