काठमाण्डो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिप प्रकाश पाण्डे पुनःनियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः सीईओमा नियुक्त गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।