काठमाण्डो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिप प्रकाश पाण्डे पुनःनियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः सीईओमा नियुक्त गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                