सोमबार, श्रावण १८,२०८३ 03:15:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:15:40
Bizshala
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन
New Office

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।

अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । जसपश्चात उनलाई उपचारका लागि  भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो ।  अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको निधन भएको हो ।  

६१ वर्षिय रावल २०८० जेठ २३ गते साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जपश्चात बनेको युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ समेत रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओका रुपमा कार्यरत थिए । यस्तै उनी सगरमाथा, नेको लगायतका बीमा कम्पनीमा समेत आवद्ध थिए ।  

उनीसँग बीमा क्षेत्रको लामो अनुभव थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.