Bizshala
  • बिहीबार, पुष २४,२०८२ 11:23:11
Bizshala
Global IME Bank Limited

राष्ट्रबैंकले यो वर्ष धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने, मूल्य पनि सोही दिन तोक्ने

Hyundai Nepal
राष्ट्रबैंकले यो वर्ष धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने, मूल्य पनि सोही दिन तोक्ने
Shivam Cement

काठमाण्डौ । तिहारअघि आउने धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान भित्र्याउने चलन नेपालमा समेत तीव्र रुपमा बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्रबैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिनहरु समेत तोकिदिएको छ ।  

नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै सुनको असर्फी र चाँदीका स्मारिका तथा मेडालियन खरीद गर्न पाइने दिन र समयको सूची सार्वजनिक गरेको हो । जसअनुसार सुनको असर्फी यो वर्ष एकदिन मात्र खरीद गर्न पाइनेछ । केन्द्रीय बैंकसँग रहेको मौज्दात असर्फी २.५ ग्राम प्रति व्यक्ति एकथानका दरले पहिलो आउनेलाई प्राथमिकताको नीतिअनुसार कात्तिक १३ गते(धनतेरस)को दिन बिहान ११ बजेदेखि बिक्री खुल्ला हुनेछ । मौज्दात कायम रहेमा अपरान्ह ४ बजेसम्म सुनका असर्फी खरीद गर्न पाइनेछ । 

CG Motors
Bizshala
Garima Development Bank

चाँदीको स्मारिका तथा मेडालियन चाहिँ कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म(गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राममध्येबाट) बिक्री गरिनेछ ।  

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरीदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्ने भनिएको छ ।  

असर्फी वा मेडालियन खरीदका लागि नगद वा क्यूआरमार्फत समेत भुक्तानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले कात्तिक १३ गते ११ बजे पछि मात्र महाशाखाबाट बिक्री हुने बताइएको छ ।  

यसैबीच, केन्द्रीय बैंकले चाँदीको स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य पनि सार्वजनिक गरेको छ । कात्तिक ६ गतेको निर्णयअनुसार चाँदीका स्मारिका सिक्का र मेडालियनको बिक्रीमूल्य कायम गरी सार्वजनिक भएको हो ।  

केन्द्रीय बैंकबाट सार्वजनिक नयाँ मूल्यसूची यसप्रकार छः

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.