काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०÷८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छलफल भई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गरिएका वित्तीय विवरणहरु बैंकबाट कुनै संशोध, सुझाव र निर्देशन भएमा सोही बमोजिम गरी आगामी साधारण सभाबाट पारित गरी स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ ।