बिहीबार, चैत्र २१,२०८१ 02:44:25
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:44:25
IME remit
Global IME Bank Limited

टिकटकका संस्थापक बने चीनको सबैभन्दा धनी व्यक्ति

Hyundai Nepal
टिकटकका संस्थापक बने चीनको सबैभन्दा धनी व्यक्ति
Nabil Bank Limited

काठमाण्डौ । चर्चित चिनियाँ एप टिकटकको माउ कम्पनी बाइट डान्सका मालिक चीनको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । हुरच चाइना लिस्टका अनुसार बाइट डान्सका संस्थापक झांग यिमिङ चीनकै धनाढ्य व्यक्ति बनेका हुन् ।  

यिमिङको सम्पत्ति एक वर्षमा ४३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिका साथ उनको कुल सम्पत्ति ४९.३ अर्ब डलर पुगेको छ । यिमिङले सन् २०२१ मा बाइटडान्सको मुख्य कार्यकारी अधिकारीको पदबाट राजीनामा दिएका थिए ।  

Shivam Cement
Bizshala
CG Motors

बाइटडान्सले गत वर्ष ११० अर्ब डलरबराबरको आम्दानी गरेको थियो । तथापी कम्पनीले यस क्रममा कयौंपटक अमेरिकी कानूनी चुनौतिहरुको सामना गर्नु परेको थियो । बाइटडान्सले हुरन लिस्टमा चीनको सबैभन्दा मूल्यवान शीर्ष ५०० कम्पनीमध्ये ५ औं स्थान ओगटेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाइटडान्सका संस्थापक यिमिङले झोङ शानशानलाई पछि पार्दै चीनको शीर्ष धनाढ्यको उपाधि आफ्नो नाम गरेका हुन् । शानशानको सम्पत्ति २४ प्रतिशतले घटेर ४७.९ बिलियन डलरमा झरेको छ । कुनैबेला चीनको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका ज्याकमा युनको सम्पत्ति भने ३ प्रतिशतले घटेर २३.२ अर्ब डलरमा सीमित बनेको छ । यो गिरावटका साथ उनी चीनको १० औं धनी व्यक्तिको रुपमा रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.