बुधबार, भाद्र २५,२०८२ 10:28:25
  • बुधबार, भाद्र २५,२०८२ 10:28:25
Global IME Bank Limited

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा

Hyundai Nepal
ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै डलरको भाउले निरन्तर अलटाईम हाईको रेकर्ड बनाउन थालेको छ । यो क्रमले शुक्रबार पनि निरन्तरता पायो ।  

शुक्रबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा बढी अवमूल्यनमा परेको छ। अर्थात यो दिन एक अमेरिकी डलर खरीदका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था बनेको छ ।  

नेपाल राष्ट्रबैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरीद र बिक्रीदर क्रमशः १३४.७० र १३५.३० रुपैयाँ तोकेको छ । यो भनेको इतिहासकै सबैभन्दा बढी मूल्य हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो दिन(बिहीबार)को तुलनामा अमेरिकी डलरको भाउ १४ पैसाले बढेको हो । बिहीबार अमेरिकी डलरको खरीद तथा बिक्री दर क्रमशः १३४.५६ र १३५.१६ रुपैयाँ तोकिएको थियो ।  

नोभेम्बर ५ मा भएको अमेरिकाको चुनावमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कमला ह्यारिसलाई हराउँदै नयाँ राष्ट्रपति निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएसँगै अमेरिकाको सेयर बजार बुम भएको छ भने यसको प्रभाव अरु बजारहरुमा पनि परेको छ।  

यस्तै, ट्रम्पको पुनरागमनले बिटक्वाइनको मूल्य पनि अलटाइम हाईमा पुगेको छ भने डलर मजबुत बनेसँगै सुनको मूल्यमा भने दैनिकजसो भारी गिरावट आइरहेको छ । 

डलरको मूल्य बढ्दा नेपाललाई कस्तो प्रभाव पर्छ ?

अमेरिकी डलरको मूल्य बढ्दा नेपाललाई थोरै लाभ र धेरै घाटा हुने गर्छ ।  

नेपालको अर्थतन्त्र आयातमा आधारित छ । विभिन्न मुलुकबाट देशले खरीद गर्ने विभिन्न मालवस्तुहरुको भुक्तानी डलरमै गर्नुपर्ने हुन्छ । डलरको मूल्य बढ्दा त्यस्तो आयात खर्च बढ्न जान्छ । आयात खर्च नै बढेपछि आयातित वस्तुको मूल्य महंगो भई मुद्रास्फिति बढ्नसक्ने जोखिम हुन्छ ।  

नेपालले मासिक रुपमा जति सामान निर्यात गर्छ, त्यसको झण्डै १० गुणा बढीको आयात गर्छ । यस्तो अर्थतन्त्रका लागि डलरको मूल्य बढ्नु बढी नोक्सानी हुनु मात्र हो ।  

निर्यात गर्दा समेत डलरमै मालवस्तु बिक्री हुने हुँदा त्यसबाट प्राप्त हुने आम्दानी भने बढ्नेछ । तर, नेपालको धेरै मुलुकसँग व्यापार घाटा रहेकोले निर्यात कम र आयात बढीको अवस्थामा नेपालले तिर्नुपर्ने रकम बढ्न जानेछ ।  

नेपालले पछिल्लो समय बाह्य ऋण पनि अनियन्त्रित ढंगले स्वीकार गरिरहेको छ । ऋण लिँदा डलरमै लिने र त्यसको ब्याज पनि डलरमै तिर्नुपर्ने भएकोले यसले सरकारी कोषलाई समेत प्रभाव पार्नेछ ।  

रेमिट्यान्स आयतर्फ भने नेपाललाई राहात हुनेछ । पछिल्लो समय नेपालको अर्थतन्त्र रेमिट्यान्समा आधारित रहेकोले त्यस्तो आयले भने राम्रै राहात दिनेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.