सोमबार, चैत्र १८,२०८१ 06:54:47
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:54:47
IME remit
Global IME Bank Limited

मौद्रिक नीतिको समीक्षा कहिले आउँछ ? कस्तो नीति आउँदैछ ?

Hyundai Nepal
मौद्रिक नीतिको समीक्षा कहिले आउँछ ? कस्तो नीति आउँदैछ ?
Nabil Bank Limited

काठमाण्डौं । नेपाल राष्ट्रबैंकले म्रौद्रिक नीतिको समीक्षा यही महिनाभित्र ल्याउने तयारी गरेको छ ।  

नेपाल राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यकाअनुसार सामान्यतया नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिएको एक महिनाभित्र समीक्षा ल्याइसक्छ ।  

अहिले पनि अनुसन्धान बिभागले समीक्षाको तयारी गरिरहेको उनले जानकारी दिए ।

Shivam Cement
Bizshala
CG Motors

उनकाअनुसार कात्तिक महिनाभित्रै समीक्षा आइसक्ने गरी तयारी अगाडि बढेको छ ।  

राष्ट्रबैंकले मौद्रिक औजारमार्फत मुद्रा स्फीतिलाई नियन्त्रणमा राख्ने विषयमा सचेततापूर्वक नीतिहरु अबलम्बन गर्दै गइरहेको उनको भनाई छ ।  

कर्जाको माग बढ्न नसकेको विषयमा भने उनले वित्तीय नीतिमार्फत नै सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।  

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार गर्ने गृहकार्य सुरु गरिसक्दा सेयर बजार, बैंक तथा अन्य बजारहरुमा केही न केही लचक नीति आउने अपेक्षा गरिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर बजारका लगानीकर्ताहरुले सेयरधितो कर्जातर्फ व्यक्तिका लागि राखिएको सीमा हट्ने र यस्तो कर्जाको जोखिम भार पनि घट्ने अपेक्षा गरेका छन् । केन्द्रीय बैंकका अधिकारीहरुले भने यस्ता विषयमा अहिले नै बोल्न हतारो हुने दाबी गर्छन् ।  

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको, ऋणको बिस्तार हुन नसकेको अवस्था छ । यस्तै, प्रत्येक महिना लगातार निक्षेपको ब्याजदर घटिरहेको अवस्था छ । यसले निक्षेप निरुत्साहित हुने डर पनि अर्कोतर्फ छ । अमेरिकी डलरको भाउ बढेर उचाईमा पुगेको अवस्थामा केन्द्रीय बैंकले तोकेको सीमाभन्दा माथि मुद्रास्फिति पुग्ने जोखिम पनि छ । यी सबै विषयलाई आधार बनाएर केन्द्रीय बैंकले केही सुधारात्मक कदमहरु समीक्षामार्फत चाल्ने अपेक्षा गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.