शुक्रबार, जेष्ठ १,२०८३ 03:55:44
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:55:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मौद्रिक नीतिको समीक्षा कहिले आउँछ ? कस्तो नीति आउँदैछ ?

Laxmi Sunrise Bank Limited
मौद्रिक नीतिको समीक्षा कहिले आउँछ ? कस्तो नीति आउँदैछ ?
Shivam Cement

काठमाण्डौं । नेपाल राष्ट्रबैंकले म्रौद्रिक नीतिको समीक्षा यही महिनाभित्र ल्याउने तयारी गरेको छ ।  

नेपाल राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यकाअनुसार सामान्यतया नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिएको एक महिनाभित्र समीक्षा ल्याइसक्छ ।  

अहिले पनि अनुसन्धान बिभागले समीक्षाको तयारी गरिरहेको उनले जानकारी दिए ।

Bizshala
New Office
CG Motors

उनकाअनुसार कात्तिक महिनाभित्रै समीक्षा आइसक्ने गरी तयारी अगाडि बढेको छ ।  

राष्ट्रबैंकले मौद्रिक औजारमार्फत मुद्रा स्फीतिलाई नियन्त्रणमा राख्ने विषयमा सचेततापूर्वक नीतिहरु अबलम्बन गर्दै गइरहेको उनको भनाई छ ।  

कर्जाको माग बढ्न नसकेको विषयमा भने उनले वित्तीय नीतिमार्फत नै सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।  

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार गर्ने गृहकार्य सुरु गरिसक्दा सेयर बजार, बैंक तथा अन्य बजारहरुमा केही न केही लचक नीति आउने अपेक्षा गरिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

सेयर बजारका लगानीकर्ताहरुले सेयरधितो कर्जातर्फ व्यक्तिका लागि राखिएको सीमा हट्ने र यस्तो कर्जाको जोखिम भार पनि घट्ने अपेक्षा गरेका छन् । केन्द्रीय बैंकका अधिकारीहरुले भने यस्ता विषयमा अहिले नै बोल्न हतारो हुने दाबी गर्छन् ।  

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको, ऋणको बिस्तार हुन नसकेको अवस्था छ । यस्तै, प्रत्येक महिना लगातार निक्षेपको ब्याजदर घटिरहेको अवस्था छ । यसले निक्षेप निरुत्साहित हुने डर पनि अर्कोतर्फ छ । अमेरिकी डलरको भाउ बढेर उचाईमा पुगेको अवस्थामा केन्द्रीय बैंकले तोकेको सीमाभन्दा माथि मुद्रास्फिति पुग्ने जोखिम पनि छ । यी सबै विषयलाई आधार बनाएर केन्द्रीय बैंकले केही सुधारात्मक कदमहरु समीक्षामार्फत चाल्ने अपेक्षा गरिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X