मंगलवार, कार्तिक ३,२०८३ 02:14:26
  • मंगलवार, कार्तिक ३,२०८३ 02:14:26
Global IME Bank Limited

बजारमा लो क्याप र फाइनान्स कम्पनीको मात्रै चर्चा, वाणिज्य बैंक नबढ्नुमा दोष कसको ?

Bizshala
बजारमा लो क्याप र फाइनान्स कम्पनीको मात्रै चर्चा, वाणिज्य बैंक नबढ्नुमा दोष कसको ?
New Office

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा फेरि लो क्याप कम्पनी र फाइनान्स कम्पनीहरु मात्रै चलेको देखिन्छ । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लो क्याप कम्पनी र फाइनान्स समूहको मात्रै चर्चा गरेको सुनिन्छ । वित्तिय अवस्था जे जस्तो भए ता पनि लगानीकर्ताको आकर्षण फाइनान्स र लो क्यापमा नै देखिन्छ ।  

फाइनान्स समूह बाहेक अन्य समूहमा जस्तो हाईड्रो समूह तथा विकास बैंक समूहहरुमा पनि लगानीकर्ताहरुले लो क्याप नै रोजेको देखिन्छ । बजारले राम्रै गति लिँदाको अवस्थामा एकदुईपटक मात्रै बाणिज्य बैंकको सेयरहरुमा र हाई क्यापमा  लगानीकर्ताको आकर्षण देखिन्थ्यो । तर बजार केही साइडवेज चल्दा भने सबै सेक्टरका हाई क्यापका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिदैन । सामाजिक सञ्जालमा होस् वा ब्रोकर हाउसहरुमा, लगानीकर्ताहरु वित्तिय अबस्थामा  कम्पनी जे जस्तो भए ता पनि लो क्यापमा नै झुम्मिएका देखिन्छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दैनिक कारोबारमा उ्च्च कारोबार तथा भोल्युम र टप गेनरमा हेर्दा पनि त्यही प्रकृतिका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिन्छ । नाम नखुलाउने शर्तमा एक ब्रोकर भन्छन, ‘यसमा मुख्य दोष नेपाल राष्ट्र बैंककै नीति हो । जसले १५÷२० करोडको क्याप लगायो । बजारका केही ठूला वाणिज्य बैंकका लगानीकर्ताहरुलाई जबरजस्ती सेयर बेच्न लगाइयो । त्यस पछि राष्ट्र बैंकले व्यक्तिगत तर्फको सीमाकै कारण बजारमा हाईक्याप कम्पनीमा लगानीकर्ता आउन नसकेका हुन् ।’ यसको साथै वार्णिज्य बैंकहरुको  यस आर्थिक वर्षको पहिलो त्रैमासमा पनि बैंक तथा बित्तिय संस्थाको रिपोर्ट  खासै उल्लेखनिय आउन नसकेको र यही कारण वाणिज्य बैंकमा लगानीकर्ताहरुको आकर्षण नदेखिएको उनले बताए ।  

ब्रोकर हाउसमा नै भेटिएका एक लगानीकर्ता भन्छन्, ‘अहिले घरजग्गा कारोबार पनि राम्रोसँग चल्न सेकेको छैन । बैंकमा पैसा फालाफाल छ । तर कर्जा परिचालन हुन सकेको छैन । यसमा मुख्य गरेर २ वटा कारण छन् । पहिलो भनेको धेरै लगानीकर्ताहरुले कर्जा लिन चाहेर पनि आम्दानीको स्रोत नै पुग्दैन । आम्दानीको स्रोत नपुग्दा बैंकले कर्जा लिन चाहानेको हकमा पनि कर्जा परिचालन हुन सकेको छैन । दोस्रो भनेको आम्दानीको स्रोत पुग्नेले पनि  ब्यापार बिस्तार हुन नसक्दा कर्जा लिनै चाहेको छैन ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसकारण दैनिक तरल्ता थपिदै जाँदा पनि नेपाल राष्ट्र बैकले पैसा खिचेको खिच्यै गर्नु पर्ने अवस्था देखिएको भन्दै ती ती लगानीकर्ताले भने, ‘अहिले घरजग्गा तथा अन्य व्यापार चल्न नसक्नुमा मुख्य दोष नीति निमार्ण गर्नेहरुकै हो । जसका लागि वित्तीय औजार तथा मौद्रिक औजारको परिचालनमार्फत बजार चलयमान बनाउनै पर्छ ।’  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.