काठमाण्डौ । विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)द्वारा २०२४ अक्टोबरमा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ ।
सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४०अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।
आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.२०४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ ।कुल सरकारी खर्च रु.१४ खर्ब ८ अर्ब २ करोड रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८०÷८१मा खुला बजार कारोबारका विभिन्न उपकरणहरूमार्पmत कुल रु.४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल रु.८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु.१ अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.६२ प्रतिशत रहेको छ ।
यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११,५३० रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई रु.७खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ ।
त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति÷दायित्व १.३ प्रतिशतले घटेर रु.५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु.२ खर्ब५७ अर्ब ७२ करोड कर्जा र रु.१४ खर्ब३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ ।
कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०/८१मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको संख्या ९४ हजार ४ सय ७७ रहेको छ ।
२०८१ असार मसान्तमा नेप्से सूचकाङ्क २२४०.४विन्दु रहेको छ । बजार पुँजीकरण रु.३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ६२.२९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा रु.७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए ।२०८१ असार मसान्तसम्ममा कुलरु.६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन्।
२०८१ असार मसान्तमा बैंकमा प्रशासनतर्फ १०७६ र प्राविधिकतर्फ ६२ गरी कुल ११३८ जना कर्मचारीहरू कार्यरत रहेका छन् । कार्यरत कुल मानव संसाधनमध्ये तहगत रुपमा हेर्दा अधिकृततर्फ ६३१, सहायकतर्फ ४३८ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ६९ जना रहेका छन् ।