काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको छ ।
यो दर हालसम्मकै उच्च हो ।
यस्तै, आज एक यूरोको खरिददर १६४.६१ रुपैयाँ र बिक्रीदर १६५.३० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.६१ रुपैयाँ र बिक्रीदर १८७.३९ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.११ रुपैयाँ र बिक्रीदर ९.१५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.९० रुपैयाँ र बिक्रीदर ३९.०६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.०९ रुपैयाँ र बिक्रीदर २०.१८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.४४ रुपैयाँ र बिक्रीदर ३४.५८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.२० रुपैयाँ र बिक्रीदर ३९.३६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६५.०१ रुपैयाँ र बिक्रीदर ४६६.९७ रुपैयाँ कायम भएको छ ।

