काठमाण्डौ । शिखर इन्स्योरेन्सको २० औं वार्षिकात्सव सम्पन्न भएको छ । उक्त समारोहमा कम्पनीमा २० वर्ष भन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो ।
कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्कासहित सम्मान प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल रहेको जनाएको छः
–१०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमाकम्पनी
–२०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
–३०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
–४०० करोड भन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी
–५०० करोड भन्दा बढी बीमाशुल्क संकलनगर्ने पहिलो बीमाकम्पनी
–बीमाशुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा
–२० वर्षको समयमा रु.२० अर्व भन्दा बढीको दाबी रकम भुक्तानी
–२० वर्षको समयमा १ लाखभन्दा बढी दाबी संख्याको भुक्तानी
–२० वर्षको समयमाआफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान
–मर्जर विना रु.२५० करोडको चुक्तापुँजी पु¥याउने पहिलो बीमा कम्पनी
–१०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी
–६०० जनाभन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी
कम्पनीले २० वर्षको समयमा निम्न सम्मानहरु प्राप्त गर्न सफल रहेको छ :
– ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीतथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित
–मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित
–बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित
–कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित
–नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                