काठमाण्डौ । बेलायमा महङ्गीदर केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्डले लिएको लक्ष्यभन्दा बढी पुगेको छ । अक्टोबर महिनामा बेलायतको मुद्रास्फिती बढेर २.३ प्रतिशत कायम भएको छ ।
बेलायको राष्ट्रिय तथ्यांक कार्यालयमा जारी गरेको आँकडाअनुसार अक्टोबर महिनाको मुद्रास्फितीदर त्यहाँको केन्द्रीय बैंक र समाचार एजेन्सी रोयसर्टले प्रक्षेपण गरेको भन्दा बढी हो ।
बैंक अफ इङ्ग्ल्याण्डले अक्टोबर महिनामा २ प्रतिशत महङ्गी कायम हुने अपेक्षा गरेको थियो । यस्तै रोयसर्टले गरेको सर्वेक्षेणमा २.२ प्रतिशत रहने भनिएको थियो ।
तर सबैको प्रक्षेपण विपरीत सेप्टेम्बर महिनाको १.७ प्रतिशतको मुद्रास्फितीलाई उछिन्दै अक्टोबरमा यो दर २.३ प्रतिशतको उचाईमा पुगेको छ । यसले यो वर्षको अन्तिम ब्याजदर कटौतीको सम्भावनलाई कमजोर बनाएको विज्ञहरुले बताएका छन् ।
ताजा आँकडाले आगामी डिसेम्बर १९ मा केन्द्रीय बैंकले गर्ने निर्णयलाई प्रभावित पार्न सक्नेछ । बैंक अफ इङ्ग्ल्याण्ले हालै मात्रै २५ बेसिक प्वइन्टले ब्याजदर कटौती गरेको थियो ।