सोमबार, श्रावण १८,२०८३ 06:58:03
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:58:03
Bizshala
Global IME Bank Limited

धरहरा चढ्न आजबाट खुल्ला, परिसरमा प्रवेश गर्नलाई मात्रै पनि शुल्क तिर्नुपर्ने

धरहरा चढ्न आजबाट खुल्ला, परिसरमा प्रवेश गर्नलाई मात्रै पनि शुल्क तिर्नुपर्ने
New Office

काठमाण्डौ । आम सर्वासाारणका लागि आजदेखि धरहरा खुल्ला हुने भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुल्ला  गरिएकोमा आजदेखि भने शुल्क तिरेर मात्रै चढ्न पाइने भएको छ ।  

धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  

यस्तै सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिइने भएको छ । यसका साथै, धरहरा परिसरमा प्रवेश गरेको मात्रै पनि शल्क लाग्ने भएको छ । धरहरा परिसर प्रवेश गरेको ५० रुपैयाँ तिर्नु पर्नेछ ।  

धरहरामा पार्किङ गर्दा प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ ।  

यसैगरी धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार र व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.