अब सार्वजनिक बिदामा पनि धरहरा खुल्ने
काठमाण्डौ । अब सार्वजनिक बिदाका दिनसमेत धरहरा खुला रहने भएको छ । सहरी विकास मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालन गर्ने तयारी गरेको हो । यस्तै अब दैनिक दुई चरण (सिफ्ट) मा धरहरा खुला गरिने भएको छ । अहिले धरहरा दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला हुँदै आईरहेको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन बन्द हुन्छ...