मंगलवार, असार ३,२०८२ 11:02:34
  • मंगलवार, असार ३,२०८२ 11:02:34
Global IME Bank Limited

सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ

Hyundai Nepal
सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । २०७२ सालको भुकम्पपछि पुनःनिर्माण भएर सञ्चालनमा आएको धरहरा प्रवेश शुल्कबाट ५५ लाख रुपैयाँ संकलन भएको छ । पुनःनिर्माणपछि सञ्चालनमा आएको एक महिनामा धरहराको प्रवेश शुल्कमार्फत ५५ लाख रुपैयाँ संकलन भएको हो ।  

आम सर्वसाधारणका लागि धरहरामा गत मङ्सिर ९ गतेदेखि शुल्कसहित प्रवेश खुला गरिएको थियो । यो अवधिमा ३१ हजार बढीले धरहरा चढेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क समावेश गरिएको छैन । अहिले बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  

यस्तै सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । यसका साथै, धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ तिर्नुपर्छ ।  

धरहरामा पार्किङ गर्दा प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ ।  

यसैगरी, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार र व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.