बिहीबार, श्रावण १४,२०८३ 03:04:17
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:04:17
Bizshala
Global IME Bank Limited

यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन

यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन
New Office

काठमाण्डौ । बेलायतको बजार नियामकले १ हजारभन्दा बढी बैंक, बीमा कम्पनी तथा ब्रोकरेज कम्पनीहरुलाई सन् २०२१ यता कम्पनीहरुले दर्ता गरेका यौन उत्पीडन, भेदभाव र अन्य गैर–आर्थिक दुर्व्यवहारका घटनाहरू र त्यसलाई उनीहरुले कसरी सम्बोधन गरिरहेका छन् भन्ने प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ ।  

नियामक निकाय फाइनान्सियल कन्डक्ट अथोरिटी(एफसीए) ले गत जनवरीमा वित्तीय सेवा कम्पनीहरूले त्यस्ता दुराचारलाई कसरी सम्बोधन गर्छन वा पिडितहरुलाई चुप लाग्न वा त्यस्ता दुराचारबारे थप कदम चाल्न रोक लगाउछन् भन्ने विषयमा बेलायति सांसदहरुसामु अनुसन्धान गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।  

गत वर्ष हेज फन्डका संस्थापक क्रिस्पिन ओडे र कन्फेडेरेसन अफ ब्रिटिश इन्डस्ट्री(सीबीआई) अधिकारीहरू विरुद्ध यौन दुर्व्यवहार र दुर्व्यवहारको आरोप लागेपछि लन्डनको वित्तीय क्षेत्र यौन दुर्व्यवहारको अखडा बनेको आरोप लागेको थियो ।  

ओडेले दुर्व्यवहारको आरोपलाई अस्विकार गरेका छन् तर उनको हेज फन्ड भने बन्द गरिएको छ । त्यस्तै सीबीआईले पनि उच्च आचरणको मापदण्ड पुरा गर्न असफल भएका केह िकर्मचारीहरूलाई बर्खास्त गरेको जनाएको छ ।  

एफसीएले धारा १६५ अन्तर्गत वित्तीय कम्पनीहरुलाई निर्देशन पठाइएको जनाएको छ । यो धारामार्फत कम्पनीरूलाई सूचना प्रदान गर्न बाध्य पार्ने अधिकार रहेको एफसीएले जनाएको छ । एफसीएले १८४ वटा लगानी बैंक, २१७ वटा वाणिज्य बीमाकर्ताहरू, ३४९ बीमा मध्यस्थकर्ताहरू र २८८ होलसेल ब्रोकरहरूलाई यस्तो निर्देशन दिएको जनाएको छ ।  

कम्पनीहरुले प्रतिवेदन बुझाउन असफल भएमा सार्वजनिक निन्दा, जरिवाना वा कम्पनीमा छापा हानिने एफसीएले जनाएको छ ।  

३० वटा वित्तीय कम्पनीका ४० जना महिलाले कसरी पीडितहरूलाई टीम सार्ने, छोड्न वा मौन बस्न बाध्य पारिन्छ भन्ने बारेमा अज्ञात रूपमा बताएपछि सांसदहरूले यस विषयमा थप अनुसन्धान गर्न प्रेरित गरेको बताएका छन् ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.