शनिबार, बैशाख ५,२०८३ 10:40:21
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:40:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर र महशुलका दर घटाउनु स्वागतयोग्यः नेपाल समुद्रपार निकासी पैठारी संघ

Bizshala
कर र महशुलका दर घटाउनु स्वागतयोग्यः नेपाल समुद्रपार निकासी पैठारी संघ
Shivam Cement

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महशुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने एवं मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर ० प्रतिशत कायम गर्ने नेपाल सरकारको पछिल्लो निर्णयलाई सकारात्मक कदम भन्दै प्रशंसा गरेको छ । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको यस्तो निर्णयको स्वागत गरेको हो ।  

यसबाट अनधिकृत आयात नियन्त्रणमा सहयोग पुग्ने संघको अपेक्षा छ ।  

सरकारले केहीदिन अघि निर्णय गरी आयातमा लाग्ने भन्सार महशुल सुनको २० बाट १० प्रतिशत, चाँदीको १५ बाट १० प्रतिशत, मार्बलको ३० बाट १० प्रतिशत र ग्रेनाइटको २० बाट १० प्रतिशत बनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरी, मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क ० प्रतिशत कायम गरेको छ । दलहन आयात गर्दा लिने अग्रिम आयकरलाई १० प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरेको छ ।  

नेपाल सरकारले सुनचाँदीमा लाग्ने भन्सार दर बढाएकै बेला छिमेकी भारत सरकारले गत साउनमा ल्याएको बजेटमार्फत यी वस्तु आयातमा लाग्ने भन्सार महशुल घटाएर ६ प्रतिशत कायम गरेपछि नेपाल र भारतमा सुनको मूल्यमा ठूलो अन्तर आएको थियो । खुला सिमाना भएका दुई मुलुकमा वस्तुको मूल्यमा ठूलो अन्तर हुँदाजता सस्तो छ त्यताबाट महँगो भएतिर अनधिकृत आयात बढ्ने संघले जनाएको छ ।  

मार्बल र ग्रेनाइटमा कायम रहेको उच्च दरको भन्सार महशुल र अन्तःशुल्कले गर्दा यी वस्तुको अनधिकृत आयात बढेको र वैधानिक कारोबार गर्ने व्यवसायी अप्ठेरोमा पर्ने अवस्था आएको समेत संघले उल्लेख गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यिनै तथ्यलाई मध्यनजर गरी भारतले सुनचाँदीको भन्सार घटाएलगत्तै यो संघलगायत निजी क्षेत्रकाअन्य संघ–संस्थाले नेपाल सरकारले पनि ती वस्तुको भन्सार महशुल घटाई भारतको सरह गर्नुपर्ने माग गरेको थियो । यसमा सरकारले ढिलाई गर्दा वैधानिक बाटोबाट हुने सुनचाँदीको आयात व्यापक रुपमा घटेको सरकारी तथ्यांकले नै देखाएको र फलस्वरुप सरकारले पाउनुपर्ने ठूलो राजस्व गुमेको संघको ठहर छ । दलहन, चामललगायत वस्तु आयातमा लाग्ने अग्रिम आयकरको दर १० प्रतिशत पुर्याउँदा व्यवसायमा पर्ने प्रतिकूल प्रभावबारे पनि यस संघले सुरुदेखिनै सरकारको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । मार्बल र ग्रेनाइटको उच्च आयात महशुल र अन्तःशुल्क दरको नकारात्मक प्रभावप्रति पनि संघले चासो व्यक्त गरेको थियो ।  

‘ढिलै भएपनि सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइटको भन्सार महशुल र दलहन आयात गर्दा भन्सार बिन्दुौ असुल गरिने अग्रिम आयकरको दर घटाएको छ । मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर पनि शून्य प्रतिशत कायम गरेको छ । यसले अनधिकृत आयात नियन्त्रणमा सघाउ पुग्न ेहाम्रो विश्वास छ । महशुल र करका दरमा हाल गरिएको कटौतीमात्रै अनधिकृत आयात रोक्न पर्याप्तन हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । अनधिकृत आयात रोक्न नेपाल र भारतमा वस्तुको मूल्य लगभग समान हुने हिसाबले करका दरहरु समायोजन हुनुपर्ने संघको माग पुनः दोहोर्याउन चाहन्छौं ’विज्ञप्तीमा भनिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.