काठमाण्डौ । कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा कायम रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र आवेदन द्रिइसक्नु पर्नेछ । संस्थापक सेयरधनीहरुले बैंकको सेयर रिजष्ट्रार,कुमारी क्यापिटल बैंकको प्रधान कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।
बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकबमोजिम हुनेछ ।
सेयर खरिदका लागि तोकिएको निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।