काठमाण्डौ । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको ‘आइसिटी अवार्डको २०२४’ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्यूआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो ।
उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते हायात रिजेन्सी काठमाण्डौमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।
एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत् १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।