केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक
काठमाण्डौ । ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन भएको छ । यस योजनाअन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले केके मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको)क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।