शुक्रबार, जेष्ठ १,२०८३ 03:56:38
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसीएचएल र आइएमएस सफ्टवेयर बीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता

Laxmi Sunrise Bank Limited
एनसीएचएल र आइएमएस सफ्टवेयर बीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लि.(एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रा.लि.बीच आइएमएसको बिलिङ्ग सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ ।  

सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे । 

Bizshala
New Office
CG Motors

यस साझेदारीपछि आइएमएसका ग्राहकहरुले आफ्नो बिलिङ्ग सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्छन् ।  

यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ्ग सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्युआरमार्फत सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सक्नेछन् ।  

आइएमएस सफ्टवेयर प्रा. लि. नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । यसले आफ्ना ग्राहकहरुका लागि बिलिङ्ग सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ ।  

आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशहरुमा २०,००० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.