• बिहीबार, भाद्र २६,२०८२ 06:31:12
Global IME Bank Limited

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था

Hyundai Nepal
नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था

काठमाण्डौ । आउँदै गरेको दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपाल पे क्युआरमा शुभलाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सो अफर अन्तर्गत नेपालप क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले ‘सुपरसट क्यासब्याक’ पाउनुका साथै जति धेरै क्युआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । उक्त अफर अवधि भरि न्यूनतम रु २०० वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले रु २०० क्यासब्याक प्राप्त गर्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, लक्की ड्रका लागि पनि योग्य हुनेछन् । लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयरफ्रायर र स्मार्टफोनहरु रहेका छन् ।

ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ, वालेटहरु तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.