काठमाण्डौ । कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम संम्पन्न गरेको छ ।
वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथाव्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारी जीएप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।