शनिबार, श्रावण २३,२०८३ 04:53:26
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 04:53:26
Bizshala
Global IME Bank Limited

सेयर बजारमा बीमा कम्पनीको लगानी शतप्रतिशत वृद्धि , कुनको कति ?

सेयर बजारमा बीमा कम्पनीको लगानी शतप्रतिशत वृद्धि , कुनको कति ?
New Office

काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा शतप्रतिशत लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुको सूचीकृत पब्लिक कम्पनीको सेयरमा २८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ लगानी रहेको छ ।  

जुन यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९७.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुको सेयरबजारमा १४ अर्ब ६८ करोड १४ लाख रुपैयाँ लगानी रहेको थियो ।  

नेपाल बीमा प्राधिकरणले गत पुष ५ गते बीमकको लगानी सम्बन्धित निर्देशिका संशोधन गर्दै बीमकले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएसँगै बीमा कम्पनीहरुको सेयरबजारमा लगानी बढेको हो ।  

यसअघि बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा चुक्तापुँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । बीमा कम्पनीको लगानीको दायरा सीमा बढेपछि बीमकहरुले लगानी थपेका हुन् ।  

निर्जीवनको तुलनामा जीवन बीमा कम्पनीहरुले बढी लगानी थपेको तथ्याङ्कले देखाएको छ । जीवन बीमा कम्पनीहरुले मात्रै सेयरबजारमा २४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ११५.८८ प्रतिशत बढी हो । गत आवमा जीनव बीमकहरुले ११ अर्ब ५१ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले उल्लेख्य लगानी बढाएका छन् । सर्वाधिक सिटिजन लाइफले ११४८.८८ प्रतिशतले सेयरबजारमा लगानी बढाएको छ ।  

त्यस्तै निर्जीबन बीमा कम्पनीहरुले पहिलो त्रैमाससम्ममा ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा २८.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरुले ३ अर्ब १६ करोड ३४ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए ।  

निर्जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको लगानी घटेको छ भने सर्वाधिक सानिमा जिआइसीको ४८८.६१ प्रतिशत लगानी बढेको छ ।  

यसअवधिसम्म आइपुग्दा लघुबीमातर्फ भने लिबर्टी माइक्रो लाइफले १ करोड २६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.