सोमबार, असार २,२०८२ 03:31:32
  • सोमबार, असार २,२०८२ 03:31:32
Global IME Bank Limited

सेयर बजारमा बीमा कम्पनीको लगानी शतप्रतिशत वृद्धि , कुनको कति ?

Hyundai Nepal
सेयर बजारमा बीमा कम्पनीको लगानी शतप्रतिशत वृद्धि , कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा शतप्रतिशत लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुको सूचीकृत पब्लिक कम्पनीको सेयरमा २८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ लगानी रहेको छ ।  

जुन यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९७.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुको सेयरबजारमा १४ अर्ब ६८ करोड १४ लाख रुपैयाँ लगानी रहेको थियो ।  

नेपाल बीमा प्राधिकरणले गत पुष ५ गते बीमकको लगानी सम्बन्धित निर्देशिका संशोधन गर्दै बीमकले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएसँगै बीमा कम्पनीहरुको सेयरबजारमा लगानी बढेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा चुक्तापुँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । बीमा कम्पनीको लगानीको दायरा सीमा बढेपछि बीमकहरुले लगानी थपेका हुन् ।  

निर्जीवनको तुलनामा जीवन बीमा कम्पनीहरुले बढी लगानी थपेको तथ्याङ्कले देखाएको छ । जीवन बीमा कम्पनीहरुले मात्रै सेयरबजारमा २४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ११५.८८ प्रतिशत बढी हो । गत आवमा जीनव बीमकहरुले ११ अर्ब ५१ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले उल्लेख्य लगानी बढाएका छन् । सर्वाधिक सिटिजन लाइफले ११४८.८८ प्रतिशतले सेयरबजारमा लगानी बढाएको छ ।  

त्यस्तै निर्जीबन बीमा कम्पनीहरुले पहिलो त्रैमाससम्ममा ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा २८.४२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरुले ३ अर्ब १६ करोड ३४ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए ।  

निर्जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको लगानी घटेको छ भने सर्वाधिक सानिमा जिआइसीको ४८८.६१ प्रतिशत लगानी बढेको छ ।  

यसअवधिसम्म आइपुग्दा लघुबीमातर्फ भने लिबर्टी माइक्रो लाइफले १ करोड २६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.