चिकित्सा शिक्षा आयोगका निर्देशक पदका लागि १२ उम्मेदवार सर्टलिस्टमा
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका निर्देशक पदका लागि १२ जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको छ।आयोगले चारवटा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाउँदै सर्टलिस्ट सार्वजनिक गरेको हो।आयोगले गत असार २६ गते निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। मापदण्ड तथा...

