तेह्रथुम र धनकुटामा प्रभु बैंकको शाखा विस्तार
काठमाण्डौ। प्रभु बैंक लिमिटेडले तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा विस्तार गरी दुबै शाखाबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखा आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकले जनाएको छ।

