एनसेलको ८० प्रतिशत सेयर खरिदले पाएन कानुनी मान्यता, तीन वर्षपछि सरकारी स्वामित्वमा जाने आधार बलियो
काठमाण्डौ । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत स्वामित्व खरिद–बिक्रीलाई तत्काल कानुनी मान्यता दिन नमिल्ने ठहर गरेको छ। नियामक निकायको पूर्वस्वीकृतिबिना भएको उक्त कारोबारलाई मान्यता नदिन अदालतले सरकार र नेपाल दूरसञ्चार प्राधिकरणका नाममा परमादेश जारी गरेको हो।यो आदेशसँगै दूरसञ्चार सेवा सञ्चालनको अनुमति अवधि समाप्त भएपछि एनसेल सरकारी स्वामित्वमा आउने कानुनी...

