प्रधानमन्त्रीले कुलमानलाई भने-'बिजुली काटिएका उद्योगहरुको लाइन अहिले नै जोडिदिनुस्'
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली तत्कालै जोडिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन्। शुक्रबार उद्योग, ऊर्जा मन्त्रालयका अधिकारी एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

