काठमाण्डौ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको हो।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ती तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा रहने जनाएको छ।
न्वागी चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यही अवसरलाई सम्मान गर्दै प्रदेश सरकारले चेपाङ समुदायको उल्लेख्य बसोबास रहेका चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार ती जिल्लामा सोमबार सरकारी कार्यालय तथा प्रदेश सरकारअन्तर्गतका सम्बन्धित निकायमा सार्वजनिक बिदा लागू हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।