जिल्ला अदालतको आदेशपछि पनि किन थुनामुक्त हुँदैनन् दीपक भट्ट र सुलभ अग्रवाल ?
काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले बीमा तथा धितोपत्रसम्बन्धी कसुरका तीन फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिए पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल तत्काल थुनामुक्त नहुने भएका छन् ।सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै मुद्दामा विशेष अदालतले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। यही कारण जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाए पनि उनीहरू कारागारमै रहनेछन्।

