बुधबार, भाद्र १७,२०८३ 09:26:15
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 09:26:15
Bizshala
Global IME Bank Limited

खरिद मूल्य बढे पनि निगमले इन्धनको बिक्री मूल्य नबढाउने

खरिद मूल्य बढे पनि निगमले इन्धनको बिक्री मूल्य नबढाउने
New Office

काठमाण्डौ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले इन्धनको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोसी नदीमा आएको असाधारण बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले सर्वसाधारणका लागि इन्धनको मूल्य नबढाउने निर्णय गरेको हो।

आईओसीबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलको ४ रुपैयाँ ३३ पैसा, मट्टितेलको १० रुपैयाँ १९ पैसा र हवाई इन्धनको ४ रुपैयाँ ९६ पैसा बढेर आएको छ। यस्तै, एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा वृद्धि भएको निगमले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तर, बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमका अनुसार पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिनेछ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि सर्वसाधारणलाई राहत दिने उद्देश्यले बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

निगमले बाढी तथा पहिरोका कारण उत्पन्न विषम परिस्थितिमा उपभोक्तालाई राहत पुर्याउने उद्देश्यले मूल्य समायोजन नगरी साबिककै मूल्य कायम राखेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.