आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै निगमको रिक्त रहेको कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त खुलाएको हो ।उक्त पदका लागि योग्य तथा इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

