दसैंको मुखमा ग्यास अभाव, सिफलमा लाइन; सिलिन्डर राख्नसमेत पैसा तिरेको गुनासो
काठमाण्डौ । दसैं नजिकिँदै गर्दा काठमाडौंसहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। माग बढेका बेला आपूर्ति सहज नहुँदा उपभोक्ता खाली सिलिन्डर बोकेर लाइन बस्न बाध्य भएका छन्।काठमाडौंको सिफल क्षेत्रमा केही दिनदेखि ग्यास लिन उपभोक्ताको लाइन देखिएको छ। उपभोक्ताले समयमा ग्यास नपाएको, कतिपयले लामो समयदेखि खाली सिलिन्डर राखेर पालो कुर्नुपरेको र केही...

