काठमाण्डौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज(मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३।३ रुपैयाँले घटेको जनाएको छ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । पछिल्लो समय कच्चा पदार्थको मूल्य निकै सस्तो भएको छ । यसकै असर नेपाल आयात हुने तयारी इन्धनको मूल्यमा समेत देखिएको हो ।
मंगलबारको समायोजनपछि अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ ।
