आईतवार, फाल्गुन ११,२०८१ 09:22:37
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:22:37
IME remit
Global IME Bank Limited

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ३ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

Hyundai Nepal
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ३ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
Nabil Bank Limited

काठमाण्डौ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएको छ । नेपाल आयल निगमले बाँकी रहेको काम पनि आगामी ३ महिनाभित्र सम्पन्न गरी पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी गरेको छ ।  

अहिले उक्त परियोजनाअन्तर्गतको मुख्य २ वटा ट्याङ्क निर्माण कार्य सकिएको छ । अन्य प्राविधिक कामलाई पनि ३ महिनाभित्रै सकेर पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारीमा निगम जुटेको हो । मुख्य २ वटा ट्याङ्कको भण्डारण क्षमता ४१ सय किलोलिटर रहेको छ । अहिले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भईरहेको छ ।  

केही सिभिल, इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम भने बाँकी रहेको छ । परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ। दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य निगमको रहेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

दोस्रो चरणको परियोजनाका लागि निगम र भारतको आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता गरेका थिए ।  जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक/एक वटा ट्याङ्कको लागत व्यहोर्ने सम्झौता भएको थियो ।  

भारतीय पक्षले मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क निर्माण गर्ने सम्झौता भएको थियो । पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतले २ अर्ब भारु खर्च  गरेको थियो । तर दोस्रो चरणको काममा भएको ढिलाईका कारण पाइप लाइन विस्तारको लागत बढेर १ अर्ब ५४ करोड भारु पुगेको छ ।  

निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्ने सम्झौता भएको थियो । यो आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेलको आयात पाइपलाइनबाटै हुनेछ।

यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने र वार्षिक करिब १५ करोड रुपैयाँ बचत हुने निगमले अनुमान गरेको छ। 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.