मंगलवार, कार्तिक ३,२०८३ 01:08:29
  • मंगलवार, कार्तिक ३,२०८३ 01:08:29
Global IME Bank Limited

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको भने घट्यो

Bizshala
बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको भने घट्यो
New Office

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंसिर ३० गते राति १२ बजेदेखि लागू हुनेगरी  पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।  

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १.४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

निगममले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ ।  

यससँगै पहिलो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १५९.५० रुपैयाँ, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैया कायम भएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८.५० रुपैयाँ, दोस्रा वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।  

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.