बिहीबार, बैशाख ३,२०८३ 09:13:47
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 09:13:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मुद्रास्फिति बढ्नसक्ने जोखिम

Bizshala
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मुद्रास्फिति बढ्नसक्ने जोखिम
Shivam Cement

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ ।  

नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी दिएको हो ।  

इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले घरेलु बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको प्रष्टोक्ति छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निगमकाअनुसार पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

समायोजनपछि पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा कायम भएको छ । 

CG Motors
Garima Development Bank
IME remit

यसैगरी, डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १६० रुपैयाँ तथा सुर्खेत र दाङ क्षेत्रमा १५९ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।  

पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा ढुवानी खर्च वृद्धि हुन गई उपभोग्य सामानको मूल्यवृद्धि हुन्छ । यस्तै, सार्वजनिक यातायातको भाडादर समेत बढ्न गई त्यसले मुद्रास्फितिलाई बढाउन थप सहयोग गर्छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.