शुक्रबार, श्रावण २९,२०८३ 04:05:46
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 04:05:46
Bizshala
Global IME Bank Limited

होटल तथा रेस्टुरेन्टलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

Prabhu Bank Limited
होटल तथा रेस्टुरेन्टलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह
New Office

काठमाण्डौ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।

निगमले बिहीबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत व्यावसायिक प्रतिष्ठानमा अनावश्यक रूपमा मौज्दात राखिएका ग्यास सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न आग्रह गरेको हो।

निगमका अनुसार गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरिएका ग्यास सिलिन्डर बिक्री वितरण हुँदै आएका छन्। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री–वितरण भइरहेको भए पनि सर्वसाधारणले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो अझै आइरहेको निगमले जनाएको छ।

CG Motors

सर्वसाधारणबाट प्राप्त उजुरी तथा निगमको द्रुत प्रतिकार्य डेस्कमा आएका सूचनाका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ।

निगमले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न त्यस्ता प्रतिष्ठानलाई अनावश्यक मौज्दात नराख्न र मौज्दातमा रहेका सिलिन्डर तत्काल उपभोक्तामाझ बिक्री–वितरण गर्न गराउन अपिल गरेको छ।

साथै, निगमको सूचनाविपरीत ग्यास सिलिन्डर अनावश्यक रूपमा मौज्दात राखेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X