काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट मार्च १५ मा मूल्य घटेर आएकोले निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका प्रवक्ताका अनुसार शुक्रबार(आज) मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय भएको हो ।
समायोजित मूल्यपछि काठमाण्डौ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको नयाँ मूल्य १६८.५० रुपैयाँ, दोश्रो वर्गमा पर्ने क्षेत्रमा प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ ।
यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १५५.५० रुपैयाँ, दोश्रोमा १५७ रुपैयाँ र तेश्रो वर्गको क्षेत्र(काठमाण्डौ, पोखरा र दिपायल)मा प्रतिलिटर १५८ कायम भएको छ ।