मंगलवार, कार्तिक ३,२०८३ 02:12:10
  • मंगलवार, कार्तिक ३,२०८३ 02:12:10
Global IME Bank Limited

आयल निगमको कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढ्यो, ६ उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन १७ गते

Bizshala
आयल निगमको कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढ्यो, ६ उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन १७ गते
New Office

काठमाण्डौ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ।

मन्त्रालयले असार २५ गते प्रकाशित स्वीकृत नामावलीअनुसार छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता २०८३ साउन १७ गते मन्त्रालयको सानो सभाहलमा सञ्चालन हुने जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यतालिकाअनुसार छवि राज पोख्रेल, कौशल के।सी।, संजिव कुमार देव, सीए नागेन्द्र साह, सरोज कुमार शर्मा र दिपेन्द्र कुमार देव गरी ६ जना उम्मेदवारले निर्धारित समयअनुसार आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्तामा सहभागी हुनेछन्।

मन्त्रालयले सबै उम्मेदवारलाई नागरिकता, शैक्षिक योग्यता तथा अनुभवका सक्कल कागजातसहित निर्धारित समयभन्दा कम्तीमा आधा घण्टा अगाडि मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा (कोठा नं ३०६) मा सम्पर्क गर्न अनुरोध गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सूचनाअनुसार प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि २० मिनेट समय प्रदान गरिनेछ। तोकिएको मिति र समयमा उपस्थित नभएका उम्मेदवारलाई प्रतिस्पर्धामा समावेश नगरिने मन्त्रालयले स्पष्ट गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.