काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा उनीहरूका स्वकीय सचिवले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
नेकपा संसदीय दलले आफ्ना सबै सांसद र सांसदका स्वकीय सचिवबाट १५ दिनको तलब सहयोगस्वरूप संकलन गर्ने निर्णय गरेको हो।
पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार सांसद तथा स्वकीय सचिवलाई उक्त रकम पार्टीको खातामा जम्मा गर्न भनिएको छ।
उनले संघीय संसदका सांसदसँगै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिबाट समेत सहयोग रकम संकलन गरिने जानकारी दिए।
यसरी विभिन्न तहबाट संकलित रकम एकमुष्ट रूपमा छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने दुलालले बताएका छन्।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न राजनीतिक दल, संस्था तथा व्यक्तिबाट सहयोग घोषणा हुने क्रम जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।