एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते डिस्कभर बाइक
काठमाण्डौ। एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाअन्तर्गत झापाको झापा गाउँपालिका-५, पन्थपाडामा शिवबाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन्।

