निजी क्षेत्रका लागि इन्टीग्रेटेड विजिनेश रिकभरि प्लान ल्याइने अर्थमन्त्रीको घोषणा
काठमाण्डौ । भदौ २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग अर्थमन्त्रीरामेश्वर खनालले छलफल गरेका छन् । अर्थमन्त्रालयका अनुसार निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कर्मश,...

